सुदूरपश्चिम रोयल्सले दियो काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य

सुदूरपश्चिम रोयल्सले दियो काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो। जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे। 

यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए। ८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए। यी दुवै ब्याटरबीच ५४ रनको साझेदारी भयो।

काठमाडौंका जहानदाद खानले ३, सन्तोष यादवले २ विकेट लिए। काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले प्लेअफमा आफ्नो स्थान पक्का गर्नेछ।

कात्तिक २७, २०८३ शुक्रबार १४:२७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।