प्रोटोन ई.मास ५ लाई मलेसियामा दुई प्रतिष्ठित अवार्ड
काठमाडौं : विद्युतीय सवारीसाधन ‘प्रोटोन ई.मास ५’ ले मलेसियामा आयोजित ‘कारलिस्ट डट एमवाई पिपुल्स एन्ड एडिटर्स च्वाइस अवार्ड्स २०२६’ मा दुई विधामा अवार्ड जितेको छ।
गाडीले ‘उत्कृष्ट सब-कम्प्याक्ट ह्याचब्याक - पिपुल्स च्वाइस’ र ‘उत्कृष्ट अफोर्डेबल कार - एडिटर्स च्वाइस’ को उपाधि हासिल गरेको हो।
आयोजकका अनुसार उपभोक्ताको रोजाइका आधारमा पिपुल्स च्वाइस र अटोमोबाइल विज्ञहरूको मूल्याङ्कनका आधारमा गुणस्तर, उपयोगिता तथा मूल्यलाई समेटेर एडिटर्स च्वाइस अवार्ड प्रदान गरिएको हो।
नेपालमा प्रोटोन सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘प्रोटोन ई.मास ७’ पछि ‘ई.मास ५’ लाई पनि नेपाली बजारमा भित्र्याउन लागेको छ।
यो अन्तर्राष्ट्रिय सम्मानले नेपाली बजारमा प्रवेश गरिरहेको ई.मास ५ प्रतिको विश्वसनीयता र आकर्षण थप बढाउने अपेक्षा कम्पनीले गरेको छ।
कात्तिक २७, २०८३ शुक्रबार १२:२५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।