मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्न सकिने
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ लक्ष्मीपूजाको अवसर पारेर ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ। यो विशेष अभियान आगामी २०८३ पुस मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ।
यस महोत्सवअन्तर्गत व्यवसायीहरूले मुक्तिनाथ विकास बैंकमा आफ्नो व्यवसाय कर्जा स्वाप गर्दा कुनै प्रिमियम नलाग्ने गरी बैंकको आधार दरमै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।
साना तथा मझौला उद्यमीहरूलाई सहज र प्रतिस्पर्धी ब्याजदरमा वित्तीय स्रोत उपलब्ध गराएर व्यवसाय विस्तारमा सघाउ पुर्याउने लक्ष्य बैंकले लिएको छ।
इच्छुक व्यवसायी तथा उद्यमीहरूले नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ।
कात्तिक २२, २०८३ आइतबार २०:३७:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।