धनगढी दुर्घटना : स्कुटर चालक महिलाको मृत्यु, एकै परिवारका तीनसहित पाँच घाइते

धनगढी दुर्घटना : स्कुटर चालक महिलाको मृत्यु, एकै परिवारका तीनसहित पाँच घाइते

कैलाली : धनगढी उपमहानगरपालिका-१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर बुधबार साँझ ठोक्किँदा स्कुटर चालक धनगढी-५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी-१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली र सात वर्षीया छोरी ममता घाइते भएका छन्।

यस्तै, स्कुटरमा सवार धनगढी-५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन्।

कात्तिक २७, २०८३ शुक्रबार ०८:३९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।