तराई र उपत्यकामा हुस्सु-कुहिरो, पाँच प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई, उपत्यका र खोँच क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईमा मौसम सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, राति पनि पहाडी र हिमाली भूभागमा आंशिक बदली तथा तराईमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
राति हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।
कात्तिक २७, २०८३ शुक्रबार ०७:५५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।