मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिकामा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा बिहीबार बिहान माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा तीन महिला, २ बालिका र चालकसहित ५ पुरुषको मृत्यु भएको छ।

प्रारम्भिक जानकारीअनुसार गाडीमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेहरूको सनाखत तथा पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कात्तिक २६, २०८३ बिहीबार १०:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।