एनपिएलमा आज दुई खेल : प्लेअफको दबाबमा कर्णाली
काठमाडौं : भाइटिकाको एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्।
दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा भिड्न लागेका दुवै टोली अंकतालिकाको पुछारतिर छन्। जारी सिजनमा ५ खेलबाट ४ अंक जोडेको विराटनगर तालिकाको छैटौं स्थानमा रहँदा समान खेलबाट २ अंक मात्र बटुलेको पोखरा अन्तिम स्थानमा छ।
यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। पाँच खेलबाट ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहँदा समान खेलबाट ४ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। प्लेअफको सम्भावना जीवित राख्न कर्णालीका लागि आजको खेल जित्नै पर्ने दबाब छ।
कात्तिक २६, २०८३ बिहीबार ०८:२०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।