प्लेअफ दौडमा जनकपुरलाई दबाब, आज सुदूरपश्चिमसँग भिड्दै

प्लेअफ दौडमा जनकपुरलाई दबाब, आज सुदूरपश्चिमसँग भिड्दै

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण रहेको छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नै पर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौं स्थानमा छ।

यसअघिका एनपिएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ।

कात्तिक २४, २०८३ मंगलबार ०८:०५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।