पाँचौँ खेलमा पोखरा एभेन्जर्सको तीन रेकर्ड, कर्णालीलाई २१८ को कठिन लक्ष्य
काठमाडौं : चार खेलमा चारै खेल गुमाएको पोखरा एभेन्जर्सका लागि पाँचौँ खेलमा युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको पहिलो शतक बनाए। कर्णाली याक्सविरुद्धको खेलमा उनले ४५ बलमै शतक प्रहार गरेका हुन्। उनले शतकका लागि १० चौका र ६ छक्का प्रहार गरेका थिए।
क्यानेडियन टिमका ओपनर रहेका सम्रा १ सय २ रन बनाएर मार्क वाटको बलमा आउट भएका थिए। सम्राले एनपीएलमा पोखरा एभेन्जर्सको तर्फबाट दोस्रो खेल खेलेका हुन्। तेस्रो सिजनमा शतक रन बनाउने उनी पहिलो खेलाडी हुन्। पोखराको रेकर्ड हेर्ने हो भने उनी तेस्रा खेलाडी हुन्। पोखराका लागि यस अगाडि पहिलो सिजनमा आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध शतक प्रहार गरेका थिए। दोस्रो सिजनमा पोखराका लागि कर्णाली याक्स विरुद्ध नै एडम रोसिङगटनले शतक रन बनाएका थिए।
अर्थ शतक
लगातार चार खेल हारेर अंक तालिकामा सबैभन्दा पुछारमा रहेको पोखराको पाँचौँ खेलमा आएर लय समात्यो। टिमका लागि कुशल भुर्तेलले ६२ रन बनाए। उनले २८ बलमै आफ्नो अर्ध शतक प्रहार गरेका हुन्। कुशलले ३९ बलमा ७ छक्कासहित ६२ रन बनाएर सोमपाल कामीको बलमा आउट भए।
कर्णालीका लागि कठिन लक्ष्य
जारी खेलमा ब्याटिङ गरेको पोखरा एभेन्जर्स एनपिएलको तेस्रो सिजनमा दुई रन रन कटाउने पहिलो टोली बन्दै कर्णालीका लागि २ सय १८ को कठिन लक्ष्य दियो। टिमले २० ओभरमा तीन विकेट गुमाएर २१७ रन बनाएको हो।
एनपिएलमा अहिलेसम्म सबैभन्दा उच्च स्कोर २२० रन रहेको छ। दोस्रो सिजनमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो। उच्च योगफल बनाउँदा सम्रा र भुर्तेलले दोस्रो विकेटका १३६ रनको साझेदारी गरेर विकेटका लागि उच्च साझेदारी गरे।
कात्तिक २३, २०८३ सोमबार १४:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।