यु-१९ एसिया कप : युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो
काठमाडौं : ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको हो। जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ।
नेपालले पहिलो खेलमा भारतविरुद्ध १० विकेटको फराकिलो हार व्यहोरेको थियो। नेपाल आज युएईलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्ने योजनामा छ। उता युएई पनि नेपाललाई हराएर जितको खाता खोल्ने योजनामा छ। उसले पहिलो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो।
युएईसँगको पछिल्लो पाँच खेलमध्ये नेपालले चार खेलमा जित निकालेको छ। नेपाल र युएईबीचका अन्तिम पटक सन् २०१९ मा प्रतिस्पर्धा भएको थियो। उक्त एसिया कप खेलमा नेपालले युएईलाई १६० रनले हराएको थियो। नेपाल आज पनि सोही इतिहास दोहोर्याउने लक्ष्यमा छ।
कात्तिक २२, २०८३ आइतबार ११:२१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।