प्रदीप र पललाई लिएर ‘उही तिम्रो’ बनाउँदै कृषा
काठमाडौं : कृषा चौलागाईंले पल शाह र प्रदीप खड्कालाई लिएर फिल्म ‘उही तिम्रो’ बनाउने भएकी छिन्। फिल्ममा सिम्रन पन्त र नव कलाकार जुना विश्वकर्मा रहेको निर्माण टिमले जानकारी दिएको छ।
मङ्सिरबाट म्याग्दीमा छायांकन सुरु हुने फिल्मको अन्य भागको छायाङ्कन काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ।
लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु लगायतका कलाकार रहेका छन्। फिल्मको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन।
कृषा चौलागाईंको निर्देशन रहने फिल्म पुरुषोत्तम प्रधानले खिच्ने छन्। विशाल चौलागाईंको निर्माण रहने फिल्ममा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने छ।
कात्तिक २१, २०८३ शनिबार २१:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।