निश्चलले दर्शकलाई ढाटे, बिर्सिए तीन वर्षअघिको वाचा
काठमाडौं : फरक कथा भन्न सक्ने क्षमताका निर्देशक तथा अभिनेता हुन्, निश्चल बस्नेत। नेपाली फिल्मको बजार धराशायी बनिरहेको समयमा ‘लुट’जस्तो सफल फिल्म निर्माण गरेर दर्शक हलमा फर्काएका थिए। दर्शकले उनको फिल्म याद गर्ने भनेको नै यहीँ लुट हो। यो बाहेक फिल्मभन्दा पनि अभिव्यक्तिले उनी चर्चा आउन थाले।
निश्चलले तीन वर्षअघि फिल्म ‘दिमाग खराब२’निर्माणको घोषणा गरेका थिए। उनले फिल्म निर्माणको घोषणासँगै २०८३ सालको दशैंमा प्रदर्शन मिति नै तोकेका थिए। तीन वर्षअघि कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले प्रदर्शनको ५१ औँ दिनमा उक्त कुरा गरेका थिए।
उनलाई सम्झना छ या छैन। तर उनले यस फिल्मको प्रदर्शनको ५१ औँ दिनमा न्यूरोडको रञ्जना सिनेप्लेक्सको हलबाट ८३ सालको दशैंलाई ‘दिमाग खराब २’को डेट बुक गरेका थिए। उनले घोषणा मात्रै गरेका थिएनन्, बाचा नै गरेको समय थियो। तर, उनले फिल्म ल्याउने त सुरसार नै गरेनन्।
हलको स्टेजबाट नै निर्देशक बस्नेतले आफ्ना दर्शकलाई ढुक्क हुन आग्रह गर्दै ८३ सालको दशैंमा फिल्म हेरिदिन भनेका थिए। त्यति बेला उनले भनेका थिए, "तपाईंहरु ढुक्क हुनूस सिक्वेल आउँछ। २०८३ सालको दशैंमा आउँछ।"
फिल्मका कलाकार अभिनेत्री स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, विजय बराल साक्षी राखेर उनले सिक्वेल निर्माणको घोषणा गरेका थिए। फिल्मको कथा आफूलाई लागेको र राष्ट्रको हितका विषयलाई समेटेर फिल्म बनाउने योजना उनले सुनाएका थिए। उनले भनेका थिए, "त्यो समयलाई टार्गेट गरेर आउँछ।"
तर भनेको समय त टरेर गयो, फिल्म पनि बन्यो कि बनेन! उनका दर्शकले थाहा पाएका छैनन्। प्रदर्शनका क्रममा चर्चा नै नभएका फिल्मका सिक्वेल फिल्म ‘१२ गाउँ २’, ‘आ बाट आमा २’का साथै ‘छ माया छपक्कै २’ यस वर्ष प्रदर्शनमा आए।
तर, फिल्म रिलिजको क्रममै सिक्वेलको रिलिज मिति तय गरेको ‘दिमाग खराब २’लाई दर्शकले समेत बिर्सी सकेको अवस्था छ। जे-होस्, सिक्वेल निर्माणको घोषणा गरेर दर्शकलाई ढाटेका निश्चलले भने फिल्म रिलिजको लागि लक गरेको मिति टरेपछि अर्को फिल्म घोषणा गरेका छन्। एउटा फिल्म ल्याउँछु भनेर अर्कै सुर गरेका उनले दर्शकलाई कसरी रिझाउलान्, प्रतीक्षाको विषय बनेको छ।
कात्तिक १९, २०८३ बिहीबार १६:४४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।