सरकार र डा. केसीबीच ६ बुँदे सहमति, २५औँ अनशन तोडियो

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, २५औँ अनशन तोडियो

काठमाडौं : सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले गएराति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।

चरणबद्ध छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेर डा. केसीसँग सहमति गर्दै अनशन तोडाएका हुन्।

अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन भएको दाबी गरे। उनले भने, “यो डा. केसीको अन्तिम अनशन हो। उनीसँग भएका सहमतिअनुसार अब कार्यान्वयन प्रक्रिया अघि बढ्छ।”

सहमतिपत्रमा डा. केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

कात्तिक २१, २०८३ शनिबार ०७:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।