चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १५१ रनको चुनौती
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १५२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५१ बनाएको हो।
चितवनका लागि कप्तान सिकन्दर राजाले ३७, रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे। पोखराका कप्तान चमिका करूणत्ने, कुशल भुर्तेल र विपिन खत्रीले २/२ विकेट लिए।
तीन खेल खेलेको चितवनले एक जित, एक हार र एक खेलमा अंक बाँड्दै तीन अंक जोडेको छ। आजको जितले चितवनलाई अंक तालिकामा माथि उक्लने अवसर दिनेछ। अर्कोतर्फ पोखरा भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ।
कात्तिक २०, २०८३ शुक्रबार १९:११:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।