‘म्याक्स टाइगर दशैं धमाका’ : चार जना विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण
काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको छ। म्याक्स टाइगरले काठमाडौं र विराटनगरमा सञ्चालित ‘एक्सट्रिम फ्यानजोन’ कार्यक्रममार्फत तीन जनालाई मोटरसाइकल र एक जनालाई स्कुटर प्रदान गरेको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) स्क्रिनिङका अवसरमा काठमाडौंको सिफलस्थित फ्यानजोनमा आयोजित कार्यक्रममा काठमाडौंका सुमन कर्माचार्य र विनोद ढुङ्गेललाई एक-एक थान मोटरसाइकल हस्तान्तरण गरिएको थियो।
त्यस्तै विराटनगरको पुरानो गुद्रीस्थित फ्यानजोनबाट धरानका अनोज कुमार अधिकारीलाई स्कुटर र विराटनगरका विनोद पोखरेललाई मोटरसाइकल हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। इनर्जी ड्रिङ्कको क्यानको बिर्कोमा रहेको आकर्षक अफरमार्फत सवारीसाधन जित्न पाउँदा विजेताहरूले खुसी व्यक्त गरेका छन्।
म्याक्स टाइगरका अनुसार ‘म्याक्स टाइगर दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म १० जनाले मोटरसाइकल र ८ जनाले स्कुटर जितिसकेका छन्। उपहार योजना अझै जारी रहेको र उपभोक्ताका लागि थप ८ वटा मोटरसाइकल, १० वटा स्कुटर तथा बम्पर उपहारका रूपमा १ वटा ‘प्रोटोन कार’ जित्ने अवसर अझै बाँकी रहेको जनाइएको छ।
एनपिएलको प्रत्यक्ष प्रसारण भइरहेका विभिन्न सहरका एक्सट्रिम फ्यानजोनमार्फत विजेताहरूलाई आगामी दिनमा पनि उपहार हस्तान्तरण कार्यलाई निरन्तरता दिइने म्याक्स टाइगरले जानकारी दिएको छ।
कात्तिक २०, २०८३ शुक्रबार १८:५२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।