सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुई दिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्रीले सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गरेको उहाँको सचिवालयले जनाएको छ।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको भारतको औपचारिक भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुकबीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिए। साथै, उनले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको उल्लेख गरे। 

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल तथा भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो। उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेका थिए। 

कात्तिक १९, २०८३ बिहीबार २१:०६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।