तोलामा ५ हजार ९०० ले घट्यो सुन
काठमाडौं : स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।
सुनको मूल्य प्रतितोला पाँच हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
अघिल्लो दिन बिहीबार यस्तो सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार ८१० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला तीन हजार ९२० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।
कात्तिक २०, २०८३ शुक्रबार ११:३३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।