सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको जारी खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितको लागि १७७ रनको चुनौती दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल बनायो। सुदूरपश्चिमको लागि सैफ जैबले सर्वाधिक ३५ रन बनाए।
उनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यसैगरी विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए। त्यस्तै इशान पाण्डेले २३ रन बनाए भने थारिन्दु रत्नायकेले अविजित २२ रन तथा स्कट कुग्गेलेइनले अविजित १३ रनको योगदान दिए।
बलिङतर्फ कर्णाली याक्सका बलर मार्क वाटले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। त्यस्तै नन्दन यादव, सूर्य तामाङ र हुसेन तलातले समान १/१ विकेट हात पारे। कर्णाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ।
कात्तिक २०, २०८३ शुक्रबार १५:१९:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।