न्यून स्कोरमा समेटियो विराटनगर, काठमाडौंलाई ८४ रनको लक्ष्य

न्यून स्कोरमा समेटियो विराटनगर, काठमाडौंलाई ८४ रनको लक्ष्य

काठमाडौं : राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत आजको खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजलाई ८४ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर ८३ रनमै अलआउट भयो। यो जारी प्रतियोगिताकै न्यून स्कोर हो। यसअघि सुदूरपश्चिमले बनाएको ८७ रन न्यून थियो।

विराटनगरका लागि रूपेश सिंहले २६, एन्जलो म्याथ्यूजले २२ र बसिर अहमदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

काठमाडौंका सन्तोष यादवले ३ विकेट लिए। ४ खेलमा २ जीत र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ। काठमाडौंको २ खेलमा १ जीत र १ हार रहेको छ। काठमाडौं सातौं स्थानमा छ।

कात्तिक १९, २०८३ बिहीबार १८:५६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।