लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, चाँदी भने घट्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

यो सँगै लगातार तेस्रो दिन पनि सुनको मूल्य बढेको हो। यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला सात सय र सोमबार दुई हजार तीन सय रूपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। 

मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बुधबार चाँदीको मूल्य भने प्रतितोला २० रूपैयाँ घटेको छ।

मंगलबार प्रतितोला तीन हजार ६ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

कात्तिक १८, २०८३ बुधबार ११:२७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।