पश्चिमी वायुको प्रभाव : पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : पहाडी भेगमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेकाले देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।

यी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि कोशी, बागमती र गण्डकीका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने महाशाखाले जनाएको छ।

रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा पुनः हल्का वर्षा तथा हिमपातको आकलन गरिएको छ। देशका बाँकी भूभागको मौसम भने सफा नै रहनेछ।

यसैबीच, उपत्यका, नदी खोँच तथा तराईका थोरै स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

कात्तिक १९, २०८३ बिहीबार ०७:१४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।