गृहमन्त्रीले नवनियुक्त आईजीपी केसीलाई लगाइदिए दर्ज्यानी चिह्न

गृहमन्त्रीले नवनियुक्त आईजीपी केसीलाई लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्।

गृहमन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले प्रहरी महानिरीक्षक केसीलाई नियुक्ति पत्र हस्तान्तरण गरे।

यसअघि गृहसचिवले प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिँदै आइएको थियो। 

आजैको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई प्रहरी महारनिरीक्षकमा पदोन्नति गरेको थियो।

नवनियुक्त प्रहरी महानिरीक्षक केसीले कम्बोडियाबाट द्वन्द्व रुपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। विसं २०३२ साउन २८ गते नुवाकोटमा जन्मेका डा. केसी २०५४ चैत २८ गते  प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। 

कात्तिक १८, २०८३ बुधबार १८:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।