आज चार प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आज चार प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं : नेपालमा हाल पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।

यसका कारण आज देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

दिउँसो पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि तराईको मौसम भने मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ।

यसैबीच, बिहानीपख तराईका साथै उपत्यका र नदी किनारका खोँचहरूमा हल्का हुस्सु तथा कुहिरो लाग्ने देखिएको छ। यसले गर्दा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कात्तिक १७, २०८३ मंगलबार ०७:१८:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।