नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न कांग्रेसले दियो निर्वाचन आयोगमा निवेदन
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ।
पार्टी महामन्त्री प्रदीप पौडेलले आज पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।
पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाए।
राजनीतिक दलसम्बन्धी ऐनको दफा-५१ अनुसार उनले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्ताबेज आयोगमा बुझाए। उनले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेज, समसामयिक राजनीतिक दस्ताबेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाएका हुन्।
कात्तिक १६, २०८३ सोमबार २२:०२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।