सुनुवाइ समितिमा पत्र पठाएर जिज्ञानले राजदूतबाट आफ्नो नाम फिर्ता लिए
काठमाडौं : विवादका कारण जापानको राजदूतमा अनुमोदन हुनबाट रोकिएका जिज्ञानकुमार थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाएर आफ्नो नाम फिर्ता लिएका छन्।
मंगलबार उनको नामबारे सुनुवाइ हुँदै थियो। उनले मंगलबार नै समितिमा पत्र पठाएर राजदूतमा प्रस्तावित आफ्नो नाम फिर्ता लिएको जानकारी गराए। उनलाई सरकारले जापानको राजदूतमा प्रस्ताव गरेपछि २०८३ असोज २८ मा संसदीय सुनुवाइकोक्रममा उनको जापानको स्थायी बसोबासको अनुमती पत्र, परिवारको सदस्यको बसोबासको कानुनी अवस्था र जापानमा रहेको सम्पत्ति लगायतबारे विवाद भएको थियो।
१३ सिफारिसमध्ये २ जनाको नाम अस्वीकृत गर्दै उनको नाम होल्डमा राखेको समितिले पूर्वप्रधानसेनापतिसहितको नाम भने अनुमोदन गरेको थियो। समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेको थियो।
कात्तिक १६, २०८३ सोमबार १७:५३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।