शंकास्पद मोटरसाइकल जाँच्दा फिल्टरभित्र भेटियो १० लाख रुपैयाँ, एक जना पक्राउ
काठमाडौं : रौतहटको बौधीमाई नगरपालिकाबाट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बंकुलस्थित सडकखण्डमा चेकजाँचका क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारीका ३३ वर्षीय टुना दास रहेका छन्। प्रहरीका अनुसार सोमबार दिउँसो बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय मोटरसाइकललाई बंकुल-नरकटिया सडकखण्डमा रोकेर चेकजाँच गरेको थियो।
शङ्का लागेर प्रहरी टोलीले जाँच गर्दा मोटरसाइकलको फिल्टरभित्र अवैध रूपमा लुकाइछिपाई राखिएको नगद फेला पारेको थियो। बरामद गरिएको १० लाख रुपैयाँमध्ये एक हजारका ५९३ र पाँच सयका ८१४ नोट रहेको छन्। स्रोत नखुलेको उक्त रकम, प्रयोग गरिएको मोटरसाइकल र चालक दासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी जनाएको छ।
कात्तिक १६, २०८३ सोमबार १७:१०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।