नेप्से ३२.६५ अंकले घट्यो, ७ अर्ब १८ करोडको कारोबार

नेप्से ३२.६५ अंकले घट्यो, ७ अर्ब १८ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो कारोबार दिन ५ अंक घटेको नेप्से परिसूचक यसदिन ३२.६५ अंकले घटेर २६५७ विन्दुमा कायम भयो।

नेप्सेसँगै कारोबार रकम घटेको छ। अघिल्लो दिन ८ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ७ अर्ब १८ करोडको भयो।

आज जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५२ को घट्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

आज सबै समूहका उपसूचक घटेका छन्। विकास बैंक सबैभन्दा धेरै १.८८ प्रतिशत घट्यो। त्यस्तै बैंकिङ १.०७, फाइनान्स १.५३, होटल तथा पर्यटन ०.६३, जलविद्युत् १.०८, लगानी १.४२, जीवन बीमा १.४७, उत्पादन तथा प्रशोधन ०.९०, माइक्रोफाइनान्स १.१६, निर्जीवन बीमा १.७२, अन्य १.६१ तथा व्यापार ०.८६ प्रतिशत घटे।

बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, कुमारी बैंक, लुम्बिनी विकास बैंक र मकर जितुमाया सुरी हाइड्रोपावर छन्।

कात्तिक १६, २०८३ सोमबार १५:४७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।