सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। यसदिन सुनको मूल्य तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको हो।
शुक्रबार र आइतबार गरी दुई दिनमा सुनको मूल्य तोलामा ११ हजार पाँच सय रूपैयाँ घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि तोलामा ७० रूपैयाँ बढेको छ।
आइतबार प्रतितोला तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार सात सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
कात्तिक १६, २०८३ सोमबार ११:२०:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।