म्याक्स टाइगरको ‘दशैं धमाका’ : ९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्पर उपहारमा कार बाँकी नै

म्याक्स टाइगरको ‘दशैं धमाका’ : ९ जनाले जिते मोटरसाइकल र स्कुटर, बम्पर उपहारमा कार बाँकी नै

काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म देशका विभिन्न स्थानका ९ जना उपभोक्ताले यामाहाको मोटरसाइकल तथा स्कुटर जितेका छन्।

दशैंको अवसरमा सञ्चालित यस अभियानमा कुल ३७ वटा सवारीसाधन उपहार राखिएको छ।

जसमा १८ वटा यामाहा एफजेड-एफआई मोटरसाइकल, १८ वटा यामाहा रे-जेडआर स्कुटर र १ जना भाग्यशाली विजेताका लागि बम्पर उपहारस्वरूप प्रोटोन कार समावेश छन्।

हालसम्म सार्वजनिक भएका विजेताहरूमध्ये सुर्खेतका किशोर जंग शाह, बुटवलका नरबहादुर फौगाड, धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले स्कुटर जितेका छन्।

यस्तै बनेपाका राजकुमार तामाङ, धादिङका सन्जोग रिमाल, धनगढीका मोहन श्रेष्ठ, जनकपुरका कौटिल्य कुमार सिंह र विर्तामोडका तेज नारायण सिंहले यामाहा मोटरसाइकल हात पारेका छन्।

कम्पनीका अनुसार कुल उपहारमध्ये हालसम्म ९ जना भाग्यशाली उपभोक्ताले सवारीसाधन प्राप्त गरिसकेका छन् भने बम्पर पुरस्कार (प्रोटोन कार) सहित २८ वटा सवारीसाधनको विजेता छनोट हुन अझै बाँकी रहेको छ।

कात्तिक १६, २०८३ सोमबार ११:२२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।