क्रिकेटर दीपेन्द्र सिंह ऐरी 'फ्रीमांस'को ब्रान्ड एम्बेसडर नियुक्त

क्रिकेटर दीपेन्द्र सिंह ऐरी 'फ्रीमांस'को ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं : भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने कम्पनी एफएमआईले नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड 'फ्रीमांस'को नेपालका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। नेपाली बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउने उद्देश्यसहित कम्पनीले यो साझेदारी गरेको हो।

फ्रीमांसले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा च्यानल पार्टनरहरूसँगको सम्बन्ध बलियो बनाउनुका साथै मेजरिङ टेप, पावर टुल्स र ह्यान्ड टुल्सलगायतका आफ्ना उत्पादनहरूको बजार विस्तार तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

साझेदारीबारे एफएमआई लिमिटेड (फ्रीमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल आफ्ना लागि महत्त्वपूर्ण र रणनीतिक बजार भएको बताउँदै ऐरीले महत्त्वाकाङ्क्षी, मेहनती र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताको नेपालको प्रतिनिधित्व गर्ने बताए। 

यस्तै क्रिकेटर ऐरीले पनि गुणस्तर, सटीकता र विश्वसनीयताका लागि परिचित अन्तर्राष्ट्रिय ब्रान्डको नेपाल यात्रामा सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। सन् १९५० मा स्थापित एफएमआईका मेजरिङ टेप, स्पिरिट लेभल, मेजरिङ ह्विल, प्रेसिजन तथा डिजिटल मेजरिङ टुल्स र पावर टुल्स एक्सेसरिजलगायतका उत्पादन हाल विश्वका ६० भन्दा बढी देशहरूमा उपलब्ध छन्।

कात्तिक १५, २०८३ आइतबार १३:४६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।