तोलामा ८३ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा यसदिन सुनको मूल्य प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य तोलामा एक सय ७५ रूपैयाँ घटेको छ।
शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
कात्तिक १५, २०८३ आइतबार ११:४३:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।