नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो
काठमाडौं : नबिल बैंकले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा गरेको बैंकको खुद नाफा यस वर्ष ४५ दशमलव ४४ प्रतिशत बढेको हो।
बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ७२ लाख रुपैयाँबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ। यसैगरी खुद ब्याज आम्दानी ३ अर्ब ९० करोडबाट बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ। बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४ दशमलव ०६ प्रतिशत र प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा रहेको छ।
कात्तिक १५, २०८३ आइतबार १२:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।