उत्तर कोरियाको परमाणु निःशस्त्रीकरणमा अमेरिका, दक्षिण कोरिया र जापानको साझा सङ्कल्प
एजेन्सी : सम्भावित वार्ता पहिले नै उत्तर कोरियाले निःशस्त्रीकरणको सर्त अस्वीकार गरिरहेका बेला अमेरिका, दक्षिण कोरिया र जापानले प्योङयाङलाई ‘पूर्ण रूपमा परमाणु निःशस्त्रीकरण’ गराउने आफ्नो संयुक्त अडान पुनः दोहोर्याएका छन्।
अमेरिकी राज्य जर्जियाको एट्लान्टामा भएको जी-२० बैठकका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, दक्षिण कोरियाली विदेशमन्त्री चो ह्युन र जापानी विदेशमन्त्री तोशिमित्सु मोटेगीबीच भएको त्रिपक्षीय वार्तामा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो।
अमेरिकी विदेश मन्त्रालयका अनुसार तीन वटै मुलुकले उत्तर कोरियाको परमाणु तथा ब्यालेस्टिक मिसाइल कार्यक्रमको आम्दानी रोक्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का प्रस्तावहरूको पूर्ण कार्यान्वयन गर्ने साझा सङ्कल्प गरेका छन्।
प्योङयाङले वाशिङटनसँग सम्भावित वार्ताअघि निःशस्त्रीकरण अस्वीकार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच अर्को महिना चीनमा हुने एपेक सम्मेलनमा भेट हुनसक्ने अनुमान बढ्दै गएको छ। ट्रम्पले प्योङयाङसँग परमाणु वार्ताका लागि बारम्बार आग्रह गर्दै आएका छन्।
दीर्घकालीन संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धका बाबजुद रुस र चीनको समर्थन रहेको उत्तर कोरियाले आफूलाई कानूनमै परमाणु हतियारयुक्त राज्यको रूपमा स्थापित गरेको छ। यसको शासनले बारम्बार आफ्नो परमाणु भण्डार स्थायी र अपरिवर्तनीय भएको घोषणा गर्दै आएको छ।
ट्रम्पले प्योङयाङसँग परमाणु वार्ताका लागि बारम्बार भेटका लागि खुला आग्रह गर्दै आएका छन् भने सहयोगी दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्ष लामो समयदेखिको अमेरिकी नीतिलाई चुनौती दिँदै उत्तर कोरिया पहिले नै ‘एक प्रकारको परमाणु शक्ति’ भएको स्वीकार गरेका थिए।
उनी वार्ताका लागि भेटका गर्न ‘शतप्रतिशत’ खुला रहेको बताएका थिए। तर यसको जवाफ आएको थिएन। किमले हालै चिनियाँ सीमा शहर दान्डोङको भ्रमणका क्रममा बेइजिङलाई ट्रम्पसँग सम्भावित वार्ताबारे प्योङयाङको अडान बताएको हुन सक्ने विश्लेषकहरू र दक्षिण कोरियाको गुप्तचर एजेन्सीले जनाइका छन्।
दक्षिण कोरियाका शान्तिवादी राष्ट्रपति ली जे म्युङले बारम्बार पूर्वसर्तबिना वार्ताको प्रस्ताव गरेका छन्। सेप्टेम्बरमा वाशिङटनलाई उत्तर कोरियाको परमाणु कार्यक्रम तुरुन्त हटाउनुको सट्टा रोक्न लगाएर प्रतिबन्धमा राहत दिन सुझाव दिएका थिए।
जुन महिनामा किम र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेटपछिका वक्तव्यमा उत्तर कोरियाली परमाणु निःशस्त्रीकरण छुटेको तर्फ उनीहरूले औँल्याएका छन्।
प्योङयाङले शनिबार प्रतिबन्ध कार्यान्वयन अनुगमन गर्ने राष्ट्रहरूको समूहको संयुक्त वक्तव्यको निन्दा गर्दै भन्यो, “अमेरिका र पश्चिमको परम्परागत प्रतिबन्धको हल्लाखल्लाले उत्तर कोरियाको परमाणु हतियारयुक्त राज्यको हैसियतमा प्रभाव पार्न सक्दैन।”
कात्तिक १५, २०८३ आइतबार ०७:५९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।