विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई दियो १०६ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा राति टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै एक सय पाँच रन बनायो।
विराटनगरको विशाल योगफलमा शेहान जयसूर्याले सर्वाधिक ३९ रनको योगदान दिए। यस्तै, आन्द्रे रसेलले २९ रन बनाउँदा अर्का ओपनर लोकेश बमले २५ रन बनाए।
बलिङतर्फ सुदूरपश्चिम रोयल्सका लागि तीव्र गतिका बलर अविनाश बोहरा एक्लैले दुई विकेट लिए।
कात्तिक १४, २०८३ शनिबार २२:०२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।