कृषि अनुदान मिलाइदिने भनेर पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि अनुदान मिलाइदिने भनेर पाँच करोड ८० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं : कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका-१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो।

जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक-पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। 

कात्तिक १२, २०८३ बिहीबार १५:५१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।