सेयर बजार ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडमाथिको कारोबार

सेयर बजार ३३ अंकले बढ्यो, ७ अर्ब ४५ करोडमाथिको कारोबार

काठमाडौं : बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ३३.२९ अंक बढेर २६६४ अंकमा कायम भयो। 

कारोबार रकम बढेको छ। हिजो पाँच अर्ब ८० करोडको कारोबार भएकोमा आज सात अर्ब ४५ करोडको भयो। आज २४१ कम्पनीको मूल्य बढ्दा ३५ को घट्यो भने ३ कम्पनीको मूल्य स्थिर रह्यो।

यसदिन व्यापार बाहेक सबै समूहका उपसूचक बढे। आज पनि जलविद्युत् सबैभन्दा धेरै २.०६ प्रतिशत बढ्यो। बैंकिङ १.३६, विकास बैंक १.११, फाइनान्स १.५५, होटल तथा पर्यटन १.३४, लगानी १.५२, जीवन बीमा १.५९, उत्पादन तथा प्रशोधन ०.६६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.४४, अन्य ०.८५ प्रतिशत बढे। व्यापार समूह ०.४४ प्रतिशत घट्यो। 

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पार र सोलु हाइड्रोपावर छन्।

कात्तिक ११, २०८३ बुधबार १५:४१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।