सुदूरपश्चिमले टस जित्यो, पोखरालाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, पोखरालाई ब्याटिङको निम्तो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।

पोखराको यो प्रतियोगिताको पहिलो खेल हो। सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ। सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो।

गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो। यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ। 

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।

कात्तिक ११, २०८३ बुधबार १७:०१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।