श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध
काठमाडौं : श्रीलङ्काली अलराउन्डर थरिन्दु रथनायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन्।
३० वर्षीय रथनायके बायाँहाते ब्याटर हुन्। दायाँ र बायाँ दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका स्पिनरकाका रूपमा परिचित छन्।
रथनायकेले श्रीलंकाका लागि चार टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दा ७७ रन बनाउनुका साथै ६ विकेट लिएका छन्।
उनको टी–२० अन्तर्राष्ट्रियमा उच्च स्कोर ६५ रन हो भने घरेलु तथा अन्य टी–२० प्रतियोगितामा ८८ खेल खेल्दै ९८ विकेट लिएका छन्। यस क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन केवल आठ रन खर्चिएर चार विकेट हो।
उनले टी–२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन्।
प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रथनायकेले ३७८ विकेट लिएका छन्, भने एक हजार ९२३ रन बनाएका छन्। त्यस्तै, उनले लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन्।
कात्तिक ११, २०८३ बुधबार १४:११:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।