दराजको ‘११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ नोभेम्बर १ देखि : ८०% सम्म छुट र थाइल्यान्ड भ्रमणको अफर

दराजको ‘११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ नोभेम्बर १ देखि : ८०% सम्म छुट र थाइल्यान्ड भ्रमणको अफर

काठमाडौं : अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै “द बिग बोस इज ब्याक” नारासहित आफ्नो बहुप्रतीक्षित ‘दराज ११.११’ सेल सार्वजनिक गरेको छ।

यो सेल नोभेम्बर १ राति ८ बजेदेखि नोभेम्बर ११ सम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत ग्राहकले विभिन्न सामानमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर, निःशुल्क डेलिभरी तथा थाइल्यान्ड भ्रमण जित्ने अवसर पाउनेछन्।

रोह्टो, मसलब्लेज, अल्टिमा, गोल्डस्टारलगायतका प्लाटिनम, गोल्ड र सिल्भर साझेदार ब्रान्डहरूमा ७० देखि ८० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। साथै, ग्राहकले ३,००० रुपैयाँसम्मका विशेष ‘तिहार भाउचर’ र दैनिक फ्ल्यास सेलको लाभ लिन सक्नेछन्।

८ वटा बैंकका क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २,००० रुपैयाँ) र डेबिट कार्डमा १५ प्रतिशत (अधिकतम १,५०० रुपैयाँ) छुट पाइनेछ। इसेवा तथा खल्तीमार्फत भुक्तानी गर्दा १,००० रुपैयाँसम्म छुट प्राप्त हुनेछ।

अनर र ग्लेन नेपालको सहकार्यमा ९ जना भाग्यशाली ग्राहकले ‘थाइल्यान्ड भ्रमण’को अवसर जित्नेछन्। यस्तै, न्यूनतम १,१११ रुपैयाँको किनमेल गर्ने ११ जना ग्राहकले ५० हजार रुपैयाँभन्दा बढी मूल्यको फिलिप्स बन्डल उपहार पाउनेछन्।

निश्चित सामानमा ‘तीनवटा किन्दा निःशुल्क डेलिभरी’ र ‘चारवटा किन्दा एउटा सित्तैंमा’ पाइने सुविधाका साथै वासिङ मेसिन, ५० इन्चको ४के स्मार्ट टिभी र रिसोर्ट बसाइका प्याकेजहरू उपहार योजनामा समावेश छन्।

चाडपर्वको किनमेललाई सहज, किफायती र उत्सवमय बनाउन यो अभियान ल्याइएको दराजले जनाएको छ।

कात्तिक ११, २०८३ बुधबार १३:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।