नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडको कारोबार

नेप्सेमा झिनो सुधार, ५ अर्ब ७९ करोडको कारोबार

काठमाडौं : मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ। यसदिन नेप्से परिसूचक ०.९४ ले बढेर २६३० विन्दुमा कायम भयो। 

कारोबार रकम भने बढेको छ। हिजो चार अर्बको कारोबार भएकोमा आज पाँच अर्ब ८० करोडको भयो। आज १३५ कम्पनीको मूल्य बढ्दा १३६  को घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ। सो समूह सबैभन्दा धेरै १.६५ प्रतिशत बढ्यो। माइक्रोफाइनान्स ०.०१, अन्य ०.०६ प्रतिशत बढे। बैंकिङ ०.३७, विकास बैंक ०.४५, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.५१, लगानी ०.२३, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.५०, निर्जीवन बीमा ०.०६ तथा व्यापार ०.२६ प्रतिशत घटे।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो। त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको १२.०९ प्रतिशत मूल्य बढ्यो।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी र ग्रिन भेन्चर्स छन्।

कात्तिक १०, २०८३ मंगलबार १६:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।