एनपीएल हेर्न ९ शहरमा एक्सट्रीमका १० 'फ्यान जोन', प्रवेश निःशुल्क

एनपीएल हेर्न ९ शहरमा एक्सट्रीमका १० 'फ्यान जोन', प्रवेश निःशुल्क

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गरेर एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ शहरका १० स्थानमा निःशुल्क 'फ्यान जोन' सञ्चालन गर्ने भएको छ।

कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका सबै खेलहरू फ्यान जोनहरूमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। रङ्गशाला पुग्न नसक्नेहरूको लागि आफ्नै शहरमा खेलको सामूहिक माहोल र रोमाञ्च अनुभव गराउन यस्तो व्यवस्था गरिएको एक्सट्रीम इनर्जी ड्रिङ्कले जनाएको छ।

काठमाडौं उपत्यकाभित्र सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दुई नम्बर गेटअगाडिको मैदानमा फ्यान जोन रहनेछ।

त्यसैगरी, उपत्यकाबाहिर धनगढीको कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मलेपाटन चौर, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस (डिग्री कलेज परिसर), जनकपुरको बाह्रविघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा फ्यान जोन सञ्चालन गरिनेछ।

फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ। खेलको प्रत्यक्ष प्रसारणका साथै त्यहाँ साङ्गीतिक प्रस्तुति, मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि र 'गिभअवे'मार्फत दर्शकलाई आकर्षक उपहार प्रदान गरिनेसमेत एक्सट्रीम इनर्जी ड्रिङ्कलेले जनाएको छ।

कात्तिक १०, २०८३ मंगलबार १५:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।