बुधबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
यसदिन सुनको मूल्य तोलामा नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि १० रूपैयाँ बढेर तोलामा तीन हजार नौ सय ८० रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला तीन हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
कात्तिक ११, २०८३ बुधबार ११:१८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।