सुनको मूल्य बढ्यो, चाँदी भने सस्तियो

सुनको मूल्य बढ्यो, चाँदी भने सस्तियो

एजेन्सी : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। 

यसदिन सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। 

सोमबार सुन प्रतितोला दुई लाख ८१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदीको मूल्य भने २५ रूपैयाँ घटेको छ।

सोमबार प्रतितोला तीन हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार नौ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

कात्तिक १०, २०८३ मंगलबार ११:२४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।