एनपीएललाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिंकले ल्यायो ‘एक्सट्रीम एन्थम’

एनपीएललाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिंकले ल्यायो ‘एक्सट्रीम एन्थम’

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिंकले क्रिकेटको जोस र संगीतलाई जोड्ने ‘एक्सट्रीम एन्थम’ सार्वजनिक गरेको छ।

क्रिकेटको रोमाञ्चमा सांगीतिक ऊर्जा थप्दै समर्थक र खेलाडीबीचको भावनात्मक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले यो एन्थम ल्याइएको कम्पनीले जनाएको छ।

‘युनिक पोयट’ का रूपमा परिचित उत्साह जोशीको शब्द तथा स्वर रहेको यस एन्थममा ‘ब्लुस’ (सुरज शाही) को संगीत सिर्जना तथा संयोजन रहेको छ भने यसको निर्माण ‘एनएफटीपी’ टिमले गरेको हो।

विशेषगरी युवा पुस्ताको रुचि र क्रिकेटप्रतिको आकर्षणलाई ध्यानमा राखेर मैदानको प्रतिस्पर्धा र दर्शकदीर्घाको उत्साहलाई गीतमा समेटिएको छ।

एनपीएलको यस संस्करणमा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ।

साथै, पोखरा एभेन्जर्सको जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरेको छ।

यो एन्थम एक्सट्रीम इनर्जी ड्रिंकको आधिकारिक युट्युब च्यानल तथा टिकटकमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

कात्तिक १०, २०८३ मंगलबार १२:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।