एनपीएलको तेस्रो खेल : कर्णालीविरुद्ध टस जितेर जनकपुरको पहिला बलिङ

एनपीएलको तेस्रो खेल : कर्णालीविरुद्ध टस जितेर जनकपुरको पहिला बलिङ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो खेलमा टस जितेको जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ (बलिङ) गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुर बोल्ट्सका कप्तान हरमीत सिंहले टस जितेर कर्णाली याक्सलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्। केही बेरमै सुरु हुने खेलमा दुवै टोली जित दर्ता गर्दै प्रतियोगितामा सुखद सुरुआतको खोजीमा हुनेछन्।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको जनकपुर दोस्रो संस्करणमा भने तालिकाको पुछारमा सीमित भएको थियो। यता, पहिलो संस्करणमा दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको कर्णाली याक्सले दोस्रो संस्करणमा लिग चरणसमेत पार गर्न सकेको थिएन।

यसअघि आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ।

कात्तिक १०, २०८३ मंगलबार १७:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।