सिद्धार्थ बैंकको सेयर धितो कर्जा अब अनलाइनबाटै, ७० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्कालको वित्तीय आवश्यकता सहज र सर्वसुलभ रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।
यस सेवाअन्तर्गत ग्राहकले बैंकको मोबाइल बैंकिङ एप ‘बैंकस्मार्ट एक्सपी’ मार्फत घरमै बसेर सेयर धितो कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्।
ग्राहकले धितो रहने सेयरको कुल मूल्याङ्कनका आधारमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवामार्फत ग्राहकको व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहजै पूरा हुने विश्वास बैंकले लिएको छ। यो सेवा बैंकका सबै शाखाहरूमा समेत उपलब्ध छ।
कात्तिक १०, २०८३ मंगलबार ०८:४६:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।