एनपीएल क्रिकेट : आज दुई खेल, चितवन र विराटनगर तथा जनकपुर र कर्णाली भिड्दै
काठमाडौं : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र विराटनगर किङ्ग्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिनेछन्।
दिउँसो १२:३० बजे सुरु हुने पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन र सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर आमनेसामने हुनेछन्। दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छन्।
त्यस्तै, आजै अपराह्न ४:३० बजे हुने दोस्रो खेलमा हर्मित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले सोमपाल कामीको नेतृत्व सम्हालेको कर्णाली याक्सको सामना गर्नेछ।
यसअघि प्रतियोगिताको उद्घाटन खेलमा सोमबार लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
आठ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।
कात्तिक १०, २०८३ मंगलबार ०७:४९:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।