एनपीएल : सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुआत

एनपीएल : सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै लुम्बिनी लायन्सको विजयी सुरुआत

काठमाडौं : साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सोमबार भएको उद्घाटन खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.३ ओभरमा ३ विकेट गुमाएर सहजै भेट्टायो। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४० रनको योगदान गरे। त्यसैगरी आसिफ शेखले ३२ रन बनाए भने निरोशन डिक्वेला ७ रनमा आउट भए।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ विकेट हात पारे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २७, सैफ जैबले १३ र अनिल खरेल १५ रनमा अविजित रहे। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

लुम्बिनी लायन्सका तीव्र गतिका बलर किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट हात पारे। लुम्बिनीका लागि स्याड्ली भान साल्कविक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले समान एक/एक विकेट लिए।

कात्तिक ९, २०८३ सोमबार १९:५४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।