लुम्बिनीका बलरसामु सुदूरपश्चिम निरीह, १७ ओभरमै ८७ रनमा अलआउट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रनमै अलआउट भएको छ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए भने अनिल खरेल १५ रनमा अविजित रहे।
यस्तै सैफ जैबले १३ र इशान पाण्डेले ७ रन जोडे। ब्रान्डन म्याकमलेन २ र सेरफेन रदरफोर्ड १ रनमा पेभेलियन फर्किँदा आरिफ शेख, स्कट कुग्लेन र हेमन्त धामी खाता नै नखोली शून्य रनमा आउट भए।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका तीव्र गतिका बलर किशोर महतोले घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
यस्तै स्पिनर शेर मल्लले ३ ओभरमा मात्र १० रन दिएर ३ विकेट हात पारे। लुम्बिनीका लागि स्याड्ली भान साल्कविक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले समान एक/एक विकेट लिए।
कात्तिक ९, २०८३ सोमबार १८:५५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।