सम्पत्ति शुद्धीकरण र नागरिकताबारे प्रश्न उठाउनेमाथि  'भद्र' आनीको 'अभद्र' टिप्पणी, जातीय द्वन्द्व बढ्ने चेतावनी

सम्पत्ति शुद्धीकरण र नागरिकताबारे प्रश्न उठाउनेमाथि  'भद्र' आनीको 'अभद्र' टिप्पणी, जातीय द्वन्द्व बढ्ने चेतावनी

काठमाडौं : स्रोत नखुलेको सम्पत्ति नेपाल भित्र्याएर सम्पत्ति शुद्धीकरण गराएको र नक्कली अभिभावक बनाएर नेपाली नागरिकता लिएको विवादमा तानिएकी आनी छोइङ डोल्माले आफ्नो विरोधीहरूलाई मासुभात खाएर विरोध गरेको अभद्र टिप्पणी गरेकी छिन्।

उनले विदेशबाट नेपाल भित्र्याएको रकमको स्रोत नखुलेपछि राष्ट्र बैंकको फाइनान्सियल इन्टेलिजेन्स हेर्ने विभाग र सम्पत्ति शुद्धीकरण विभागले छानबिन सुरु गरेको थियो। तत्कालीन केपी शर्मा ओलीको सरकारको हस्तक्षेपले अनुसन्धान बिचैमा रोकिएको थियो।

उनको आमाबुबा तिब्बतीमूलको भएको उनले आफ्नै किताबमा खुलाएकी हुन्। उनलाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि उनको सम्पत्ति र नागरिकताको वैधानिकताको छानबिनको माग गर्दै विरोध भइरहेको छ। बढ्दो विरोधपछि उनले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गरे पनि आफूमाथिको आरोपबारे कुनै प्रमाण सार्वजनिक नगरी गएर आफैँ बुझ्न भनिन्। तर विरोधीहरूलाई आर्थिक प्रलोभनमा परेको र मासु भातका लागि विरोध गरेको भन्दै आफ्नो विरोधले जातीय द्वन्द्व बढाउने चेतावनी समेत दिइन्।

उनले आफू ५५ वर्षको भएको र आफूले चाहेमा जुनसुकै देशको पनि नागरिक बन्न सक्ने दाबी गर्दै बुद्ध जन्मिएको देश नेपाल भएको र आफू नेपाली नागरिक भएको दाबी गरेकी छिन्। उनले आफ्नो विवादमा ‘भूराजनीति’को विषय समेत उठाइन्। 

कात्तिक ९, २०८३ सोमबार १८:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।